रामेछाप नगरपालिकाको केन्द्रमा अवस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले यस क्षेत्रको उच्च शिक्षामा महत्वपूर्ण योग्दान पु¥याउदै आएको सर्वविदितै छ । यस क्याम्पसमा नगरका ८, ९, ७, ६ लगायत वडाका विद्यार्थी अध्ययनरत छन् । गरीब तथा जेहेन्दार अध्ययनरत विद्यार्थीलाई सम्बन्धित वडाले नै उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेको छ ।
क्याम्पस स्थापनाको २५ वर्ष अवधि वितिसक्दा पनि आफ्नो कुनै भौतिक संरचना नभएर गुज्रिरहेको अवस्थामा क्याम्पसको आफ्नै भवन निर्माणको अवस्थामा जुटेका छौ । यसका लागि विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको आफ्नै स्रोतबाट रकम जुटाइएको छ । सो रकमबाट भौतिक संरचनाले पूर्णता पाउने अवस्था छैन् । तसर्थ ः स्थानीय सरकार, प्रदेश सरकार, पूर्व विद्यार्थी, शिक्षक, नगरबासी तथा शिक्षामा चासो राख्ने सम्पूर्ण जिल्लाबासीमा आर्थिक सहयोगको अपेक्षा गर्दछु ।
यो संचालक समिति आएपछि चरणबद्धरुपमा क्याम्पस सुधारका प्रयास भएका छन् । क्याम्पसको आन्तरिक स्रोत बढेको छ । विद्यार्थी संख्यामा उल्लेखीय बृद्धि भएको छ । भौतिक संरचना निर्माणका लागि व्यापक पहल गरिएको छ । लायन्स क्लवमा भौतिक संरचना निर्माणको लागि प्रस्ताव पेश गरिएको छ ।
भारतीय राजदुतावासमा प्रस्ताव पेश गर्ने प्रक्रिया अघि बढेको छ । त्यसका लागि क्याम्पसकोे विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ । यस्तै, बागमती प्रदेश सरकारसंग पनि समन्वय जारी छ ।
सम्पूर्ण सुधारका प्रयासका बावजुद पनि उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीको संख्या दिनप्रतिदिन घटिरहेको छ । प्लस टु पछिको गन्तव्य वैदेशिक रोजगार प्राथमिकतामा पर्दा स्नातक पढ्नुपर्छ भन्ने सोच पलाउन सकेको छैन् । सुधारको लागि हामीले क्याम्पसको आफ्नै वेबसाईट बनायौ । यो वेबसाइट पनि क्याम्पस सुधारको नयाँ संस्करण हो ।
प्लस टु पढ्ने रहर हुँदाहुँदै आर्थिक अभावमा यत्तिकै वस्नु भएका नगरबासी विद्यार्थी कोही हुनुहुन्छ भने क्याम्पस प्रशासनमा सम्पर्क राख्न अनुरोध गर्दछु । आर्थिक अभावमा नगरक्षेत्रका विद्यार्थीले उच्च शिक्षा हाँसिलबाट बन्चित हुनुपर्दैन् ।
अध्यक्ष
सन्देश घिमिरे
गौरीशङ्कर बहुमुखी क्याम्पस
रामेछाप ।