- दलित, सीमान्तकृत, आदिवासी जनजाति, लोपोन्मुख जातिहरूको बाहुल्यता रहेको यस क्षेत्रमा क्याम्पस सञ्चालनरत रहेकाले आवश्यक छात्रवृति उपलब्ध गराईदै आईएको छ ।
- विकट ग्रामिण क्षेत्र तथा विपन्न समुदायसम्म पुगी भर्ना अभिवृद्वि कार्यक्रम सञ्चालनमा ल्याईएको छ ।
- स्थानीय समुदाय, शैक्षिक संस्थाहरू, सामाजिक संघ संस्थाहरूसँग सम्बन्ध सुमधुर बनाईदै आएको छ ।
- समुदायले यस शैक्षिक संस्थाप्रति अपनत्व वोध गर्नुको साथै यो क्षेत्रकै उच्च शैक्षिक संस्थाको रूपमा प्रतिष्ठा र गौरवको प्रतीकको रूपमा क्याम्पसलाई अगाडि बढाउने प्रयत्न गरिदै आएको छ ।
- स्थानीय संस्कृतिको संरक्षण र सम्बर्द्धनमा क्याम्पसको सक्रिय सहभागिता र सहयोग रहँदै आएको छ ।
सबल पक्षहरू:
- वि.स. २०५७ सालमा रामेछाप जिल्लाकै पहिलो शिक्षा क्याम्पसको रूपमा गौरीशङ्कर बृहत शिक्षा क्याम्पस स्थापना भई निरन्तर रूपमा सञ्चालन भइरहेको ,
- वि.स. २०६५ सालमा मानविकी संकाय थप गरी यस गौरीशङ्कर बहुमुखी क्याम्पसमा परिणत भई शिक्षा र मानविकी दुबै संकायका विषयहरू सञ्चालनरत रहेको,
- सर्वसुलभ शुल्कमा ग्रामिण भेगका विद्यार्थीहरूलाई स्नातक तहको शिक्षा प्रदान गरिरहेको,
- विषयगत अध्यापकहरू आंशिक रूपमै भएपनि स्थानीय स्तरबाटै उपलब्ध भएको,
दुर्वल पक्षहरू:
- क्याम्पसको आफ्नै भवन नभएको,
- क्याम्पसको आफ्नै व्यवस्थित पुस्तकालयको अभाव रहेको,
- क्याम्पस प्रमुख तथा स्टाफ कक्ष र कक्षा कोठाहरू व्यवस्थित गर्न नसकिएको,
- पूर्णकालिन अध्यापकहरूको सङ्ख्या अभाव रहेको,
- आर्थिक अभावको कारण छात्रवृत्तिको समुचित व्यवस्था हुन नसकेको,
भावि योजना:-
- उत्कृष्ट प्रस्तावपत्र तयार गरी भवन निर्माण, खेल मैदान, फर्निचर तथा पुस्तकालय व्यवस्थापन तथा निर्माण गर्न सहयोगी शैक्षिक सङ्घ संस्थाहरु सँग अनुरोध गर्ने।
- छात्रबृति पुस्तकालय आदिको व्यवस्था गर्न स्थानिय सरकार, तथा प्रदेश सरकार सँग अनुरोध गर्ने
- BBS कार्यक्रम थप गर्न त्रि.वि. सँग समन्वय गर्ने।